स्प्राइटले नयाँ अभियान सुरु गर्दैछ "पिरो को झटका स्प्राइट ले मेटा"

30/01/2022

काठमाडौं – नेपालको मनपर्दो लेमन-लाईम पेय पदार्थ, स्प्राइटले “पिरो को झटका स्प्राइट ले मेटा” नामको एउटा नयाँ अभियान ल्याएको छ, जसको अर्थ हुन्छ “गेट रिलिफ फ्रम द किक अफ स्पाइस विद स्प्राइट” हो। नयाँ अभियानको लक्ष स्प्राइटलाई एउटा ताजगी प्रदायक पेयको रूपमा स्थापित गर्नु हो जसले कुनै पिरो कुरा खाएपछि जिब्रोको स्वादलाई शान्त पार्छ र पिरो खानाको मजा लिइरहन मद्दत गर्दछ।

नयाँ अभियानमा कलाकार जसिता गुरुङ, नाजिर हुसेन र लोकप्रिय नर्तकी कविता नेपालीको भूमिका रहेको नयाँ टेलिभिजन विज्ञापन (TVC) पनि बनाइएको छ। विज्ञापनको सेट आफ्नो संस्कृति र स्थानीय स्ट्रीट फूडलाई अँगालेको जनकपुरको जीवन्त सहरमा आधारित छ। विदेशबाट फिर्ता भएर आएकी युवतीको भूमिका निभाएकी जसिता सहरका रमझमहरू देखेर उत्साहित हुन्छिन् र स्थानीय खानेकुरा खान मन गर्छिन् तर आफूले सम्हाल्न सक्ने भन्दा दोब्बर पिरो। एकपटक आफ्नो मुखमा मसलादार खाना हाल्ने बित्तिकै, उनलाई तुरुन्तै पिरो (पिरो को झटका) हुन्छ र आत्तिन्छिन् र स्याँस्याँ हुन्छिन्। नाजिरले आफूले मसलादार खानासँग अर्डर गरेको चिसो स्प्राइट समात्छन् र जसितालाई दिन्छन् जसले यसलाई घुटुक्क पारेपछि स्प्राइटले तुरुन्तै मसलालाई पखालेर लान्छ र उनी ताजा अनुभव गर्छिन्। अब उनले स्प्राइटका साथमा धेरै पिरो खाना खान र अर्डर गर्न सक्छिन्।

स्प्राइटले नेपालमा खानासँग जोड्ने प्रयास गरेको यो पहिलो अभियान हो, जब कि यस भन्दा पहिलाका अभियानहरूमा युवाहरूलाई ताजा पेय पदार्थको साथमा गर्मीमा शान्त रहन प्रेरित गर्ने गरि लक्षित गरिएका थिए।

“पिरो को झटका स्प्राइट ले मेटा” अभियानलाई डिजिटल स्वरूपमा स्प्राइट नेपालको सामाजिक सञ्जाल पृष्ठहरूमा पनि समानान्तर रूपमा चलाईनेछ जहाँ स्प्राइट र स्पेशल साउन्ड इफेक्टका साथ मनमोहक मसालेदार खाना खाएको पलहरू सहित रचनात्मक Gif र भिडियोहरू अपलोड गरिनेछन्। यस्तै प्रकारले, विभिन्न सामाजिक सञ्जाल इन्फ्लुएन्सरहरूसँग पनि आश्चर्यजनक सहकार्य गरिएको छ जो चाँडै लाईभ हुनेछ।

यस अभियानको बारेमा बोल्दै, कोका-कोला नेपालका आवासीय निर्देशक श्री आदर्श अवस्थी भन्नुहुन्छ, “नेपाली उपभोक्ताहरू विशेष गरी युवाहरूले, चाहे मसलादार चाउचाउ होस् वा चटपटे होस् मसलादार खाना नै मन पराउँछन् भन्ने हामी बुझ्छौं। स्प्राइटको नयाँ अभियान पिरो को झटका स्प्राइट ले मेटाको साथमा, हामीले स्प्राइटलाई मसालेदार खानासँग राम्ररी मिल्ने उत्तम पेय पदार्थको रूपमा खडा गर्ने लक्ष्य राखेका छौं; जहाँ हाम्रो जिब्रोलाई पिरो चबाए पछि यसको निम्बूको स्वादले ताजा बनाउँछ, र हामीलाई अझै मसलादार खाना खान र रमाइलो गर्न सक्ने बनाउँछ। हामी अभियानको बारेमा उत्साहित छौं र हाम्रा उपभोक्ताहरूले स्प्राइटको साथमा उनीहरूको मसालेदार खानाको आनन्द लिनेछन् भन्ने आशा गर्छौं।

गत वर्ष, नेपालमा स्प्राइटले बढी स्फूर्ति दिने कागतीको स्वादमा स्प्राइट ल्याएको थियो जुन उपभोक्ताहरूले आफ्नो रुचि अनुसार छान्न पाउने विभिन्न साइज र बोतलहरूमा उपलब्ध छ। यसमा (फिर्तायोग्य गिलास बोतल) 175ml र 250ml को RGB बोतलहरू तथा 250ml, 500ml, 1ltr, 1.5ltr, 2.25ltr को PET बोतलहरू समावेश छन्।

टेलिभिजन विज्ञापनको लिङ्क: https://www.youtube.com/watch?v=MyaURukZdBI

कोका-कोला नेपालका बारेमा

कोका-कोला नेपालले कोका-कोला, स्प्राइट, फ्यान्टा, चार्ज्ड तथा किनले को आफ्नो खास उत्पादनहरू मार्फत देश भरिका उपभोक्ताहरूलाई ताजगी प्रदान गर्छ, तथा एक प्रणालीका रूपमा हजारौंमा प्रभाव पार्छ। कम्पनीले जल संरक्षण, पानीको परिपूर्तिको नवीन एकीकृत जल व्यवस्थापन समाधानका लागि साथै समुदायहरूको जीविकामा सुधार ल्याउन WWF Nepal, WaterAid Nepal तथा Smartpaani सँग मिलेर काम गर्छ जसले कोका-कोलालाई एउटा जल साकारात्मक कम्पनी बनाएको छ। ‘World Without Waste’ तर्फ कोका-कोला कम्पनीको प्रतिबद्धताको हिस्सा स्वरूप, कोका-कोला विगतको 3 वर्ष देखि नेपाली सेनाको नेतृत्वमा चल्दै गरेको नेपाल माउन्टेन क्लिन-अप अभियानसँग मिलेर काम गर्दैछ जहाँ हाल सम्म हिमालयबाट 71,000 केजी भन्दा धेरै फोहर सङ्कलन गरिएको छ। सक्षम कार्यक्रम मार्फत, कोका-कोला नेपालले 1000 महिला खुद्रा व्यापारीहरूलाई पनि वित्तिय साक्षरता, आतिथ्य, तथा सरसफाइ व्यवस्थापन, तथा डिजिटल वालेटको प्रयोगबारे तालीमहरू प्रदान गरेर सशक्त बनाउँदैछ। कोका-कोला नेपाल सम्पूर्ण देश भरिका समुदायहरूको जीवनमा साकारात्मक फरक ल्याउन निरन्तर रूपमा स्थानीय तवरमा सान्दर्भिक पहलहरूमा संलग्न हुने गर्दछ।