कोका-कोलाले 1000 भन्दा बढी महिलाहरूलाई लाभ पुग्ने सक्षम प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ

17/01/2023

काठमाडौं, 17 जनवरी, कोका-कोलाले सफलतापूर्वक आफ्नो सक्षम प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ जसले खुद्रा व्यवसाय र रेस्टुरेन्टहरूका साना र मझौला व्यवसायहरूबाट 1000 भन्दा बढी महिला उद्यमीहरूलाई सशक्तिकरण र सीप विकासको माध्यम उपलब्ध गराएको छ।

कोका-कोला र यसको बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडले बजारमा प्रतिस्पर्धाको समान अवसरहरू उपलब्ध गराउने उद्देश्यका साथ 8 मार्च 2022 (अन्तर्राष्ट्रिय महिला दिवस) का दिन आधिकारिक रूपमा 'सक्षम' सुरु गरेको थियो। सक्षम कार्यक्रमलाई वित्तीय साक्षरता, आतिथ्य, सरसफाइ व्यवस्थापन र डिजिटल वालेटको प्रयोगको क्षेत्रमा महिला-खुद्रा विक्रेताहरू र महिलाहरूको स्वामित्वको साना रेस्टुरेन्ट मालिकहरूको क्षमता विकास गर्ने गरि तयार गरिएको थियो। प्रदेश 1, 2,3 र 4 का सहरहरूमा एकदिने तालिम सञ्चालन गरिएको थियो।

सौराहाकी सुश्री गीता श्रेष्ठ आफ्नो अनुभव सुनाउनुहुन्छ, “सक्षम तालिम युवा महिला उद्यमीहरूका लागि एउटा प्रेरणादायी सत्र हो। मैले 44 वर्ष पहिला मात्र रु 160 बाट आफ्नै व्यवसाय सुरु गरेको हो। आफ्नो कडा मेहनतको कारण मैले मेरो सपना पूरा गर्न सकेको छु र म अहिले एउटा पसल सहित 2 वटा घरको मालिक भएको छु र गर्वका साथ एकल महिलाका रूपमा आफ्नो परिवारको हेरचाह गर्न सक्षम भएको छु।”

उस्तै प्रकारले, नारायणघाटकी सुश्री माया पाण्डे भन्नुहुन्छ, “सक्षम कार्यक्रमले हामीलाई आर्थिक रूपमा सशक्त बन्न सीपहरू प्रदान गर्छ र यसले हामीलाई धेरै वर्ष देखि थप सञ्जाल निर्माण गर्न मद्दत गरेको छ। सक्षम जस्तो सीप विकास कार्यक्रमले मलाई अझै प्रभावकारी ढङ्गमा व्यापार गर्न प्रोत्साहित गरेको छ।”

कोकाकोला नेपालका आवासीय निर्देशक श्री आदर्श अवस्थी भन्नुहुन्छ, “कोका–कोलामा हामी असल साझा भविष्यमा विश्वास गर्छौं, र महिला सशक्तिकरण भनेको हाम्रो मूल्य मान्यताको केन्द्रबिन्दु छ। हामीले सन् 2022 मा सक्षम तालीम कार्यक्रम सुरु गर्‍यौं जहाँ हामीले महिला उद्यमीहरूलाई उनीहरूको जीविकोपार्जन, परिवार र समुदायमा सुधार गर्न मद्दत गर्ने व्यावसायिक सीप तालिम, मार्गदर्शन नेटवर्क, वित्तीय सेवाहरू र अन्य कुराहरू प्रदान गर्न एक दक्ष प्रशिक्षकसँग साझेदारी गर्यौं। हामीले 1000 महिला उद्यमीहरूको आफ्नो प्रारम्भिक लक्ष्य पार गरेकोमा हामी खुसी छौं र निकट भविष्यमा अन्य धेरै महिलाहरूलाई पनि सशक्त बनाउने प्रयास गर्नेछौं।”

बोटलर्स नेपाल लिमिटेडका सार्वजनिक मामिला, सञ्चार तथा दिगोपन निर्देशक, सुश्री स्नेह राजभण्डारी भन्नुहुन्छ, “नेपालमा महिला उद्यमशीलता द्रूत गतिमा बढ्दै गएको छ, र खास गरी काठमाडौं उपत्यका बाहिर धेरैवटा साना पसल र रेष्टुरेन्टहरू महिलाले नै चलाउने गरेका छन्।महिला खुद्रा व्यवसायिहरूलाई उनीहरूले सामना गर्न सक्ने कुनै पनि चुनौतीहरू पार गर्न सहयोग गर्ने प्रयासमा, हामी कोका-कोलामा महिलाहरूलाई उनीहरूको व्यवसाय बढाउन प्रोत्साहन गर्न सक्षम जस्ता कार्यक्रमहरूमा लगानी गर्छौं। यस कार्यक्रमले महिला व्यवसायका मालिकहरूलाई वृद्धिको नयाँ मार्गहरू मार्फत उनीहरूको हालको उद्यमशीलतालाई जारी राख्न र फस्टाउन मद्दत गर्दछ।"

विविधता, समानता र समावेश्यता कोका-कोलाको मूल्य र विकास रणनीतिको केन्द्रबिन्दु हो र यसले कम्पनीको सफलतामा महत्त्वपूर्ण भूमिका निभाउँछ। यो कुरा कोका-कोलाको धेरै वर्ष देखिको महिला सशक्तिकरणका विभिन्न पहलहरूमा प्रतिबिम्बित हुन सक्छ। सन् 2010 मा, कोका-कोलाले विश्वव्यापी रूपमा महत्वाकांक्षी 5बाइ20 कार्यक्रमको घोषणा गर्‍यो जसले सन् 2020 सम्ममा आफ्नो मूल्य शृङ्खलाको 50 लाख महिला उद्यमीहरूको आर्थिक सशक्तिकरणलाई सक्षम बनाउने लक्ष्य राखेको थियो। यसबाहेक, कोका–कोला नेपालले विगतको 6 वर्षमा खुद्रा क्षेत्रका 5,800 महिलाहरूका लागि STAR (शपकिपर ट्रेनिङ एण्ड रिसोर्सेस) कार्यक्रम पनि सफलतापूर्वक सञ्चालन गरेको छ।

यो पहलहरूले 15औं राष्ट्रिय योजना (2019-2024) मा घोषणा गरिए अनुसार महिलाहरूको समान र सार्थक सहभागिता सुनिश्चित गरी पर्याप्त लैङ्गिक समानता हासिल गर्ने नेपाल सरकारको उद्देश्यलाई पनि समर्थन गर्दछ।

कोका-कोला नेपालका बारेमा

कोका-कोला नेपालले कोका-कोला, स्प्राइट, फ्यान्टा तथा किनले को आफ्नो खास उत्पादनहरू मार्फत देश भरिका उपभोक्ताहरूलाई ताजगी प्रदान गर्छ, तथा एक प्रणालीका रूपमा हजारौंमा प्रभाव पार्छ। कम्पनीले जल संरक्षण, पानीको परिपूर्तिको नवीन एकीकृत जल व्यवस्थापन समाधानका लागि साथै समुदायहरूको जीविकामा सुधार ल्याउन WWF Nepal, WaterAid Nepal तथा Smartpaani सँग मिलेर काम गर्छ जसले कोका-कोलालाई एउटा जल साकारात्मक कम्पनी बनाएको छ। ‘World Without Waste’ तर्फ कोका-कोला कम्पनीको प्रतिबद्धताको हिस्सा स्वरूप, कोका-कोला विगतको 3 वर्ष देखि नेपाली सेनाको नेतृत्वमा चल्दै गरेको नेपाल माउन्टेन क्लिन-अप अभियानसँग मिलेर काम गर्दैछ जहाँ हाल सम्म हिमालयबाट 71,000 केजी भन्दा धेरै फोहर सङ्कलन गरिएको छ। सक्षम कार्यक्रम मार्फत, कोका-कोला नेपालले 1000 महिला खुद्रा व्यापारीहरूलाई पनि वित्तिय साक्षरता, आतिथ्य, तथा सरसफाइ व्यवस्थापन, तथा डिजिटल वालेटको प्रयोगबारे तालीमहरू प्रदान गरेर सशक्त बनाउँदैछ। कोका-कोला नेपाल सम्पूर्ण देश भरिका समुदायहरूको जीवनमा साकारात्मक फरक ल्याउन निरन्तर रूपमा स्थानीय तवरमा सान्दर्भिक पहलहरूमा संलग्न हुने गर्दछ।