COCA-COLA® फाउन्डेसनको अनुदान सहयोगमा CREASION ले शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट लगाएको छ

07/12/2022

काठमाडौं, 7 डिसेम्बर 2022 – COCA-COLA® फाउन्डेसनको अनुदान सहयोगमा, CREASION ले महाराजगञ्ज, काठमाडौं स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (TUTH) को मनमोहन कार्डियो-थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट सफलतापूर्वक स्थापना गरी यसको हस्तान्तरण पनि गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव श्रीमती देवकुमारी गुरागाईं, शिक्षण अस्पतालका निर्देशक श्री दिनेश काफ्ले, मनमोहन अस्पतालका कार्यकारी निर्देशक श्री उत्तमकृष्ण श्रेष्ठ, भारत तथा दक्षिण पश्चिम एशिया (INSWA) को लागि दिगोपन एवं संस्थागत सामाजिक दायित्वका निर्देशक श्री राजेश अयापिल्ला, नेपाल र भुटानमा COCA-COLA® का कन्ट्री म्यानेजर श्री आदर्श अवस्थी, CREASION का संस्थापक र अध्यक्ष श्री आनन्द मिश्र साथै COCA-COLA बोटलर्स नेपाल लिमिटेडका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा हस्तान्तरण समारोह सम्पन्न भएको थियो ।

स्थापित अक्सिजन प्लान्टले एक पटकमा 50 जनासम्म बिरामीलाई सेवा दिन सक्छ र प्रति सेकेन्ड 240 लिटर अक्सिजन उपलब्ध गराउँछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव श्रीमती देवकुमारी गुरागाईं ले CREASION र COCA-COLA® फाउन्डेसनलाई अक्सिजन प्लान्ट लगाउने उहाँहरूको प्रयासको लागि धन्यवाद ज्ञापन गर्नुभएको छ। उहाँले भन्नुभयो, "महामारीले हामीलाई आवश्यक सामग्रीहरूका साथमा तयार रहनु पर्ने र सुसज्जित हुनुपर्ने महत्त्वको महसुस गराएको छ। स्वास्थ्य सेवा क्षेत्रलाई यसो गर्न संस्थाहरूले सहयोग गरेकोमा हामी खुशी छौं।”

COCA-COLA® फाउन्डेसन ले भनेको छ, “हामीले स्वास्थ्य सेवा क्षेत्रको महत्त्व बुझेका छौं र अक्सिजन प्लान्ट लगाउनु भनेको नेपालमा सेवाविहीन समुदायलाई सहयोग प्रदान गर्ने एउटा प्रयास हो। हामी आशा गर्छौं हाम्रो प्रयासले अस्पताललाई आत्मनिर्भर बन्न मद्दत गर्नेछ।"

मनमोहन अस्पताल ले भनेको छ, "हामी COCA-COLA® फाउन्डेसनद्वारा प्रदान गरिएको अक्सिजन प्लान्ट पाएर खुशी छौं। यसले सम्भावित स्वास्थ्य संकटलाई सम्बोधन गर्न हाम्रो पूर्वाधारलाई सुदृढ बनाउन मद्दत गर्नेछ।"

“आवश्यकतामा परेका मानिसहरूलाई अक्सिजन प्लान्ट उपलब्ध गराउन पाउँदा हामीलाई धेरै खुशी लागेको छ। हामी आशा गर्छौं यस सहकार्यको माध्यमबाट यो प्लान्टले बिरामीहरूलाई पर्याप्त अक्सिजन आपूर्ति हुन नसक्ने समस्याको समाधान गर्नेछ र उनीहरूलाई आवश्यक परेको समयमा मद्दत गर्नेछ”, क्रिएशनका संस्थापक तथा अध्यक्ष श्री आनन्द मिश्रा ले भन्नुभयो।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सन् 1983 मा स्थापना भएको हो र त्रिभुवन विश्वविद्यालय (TU) को चिकित्सा संस्थान (IOM) एक अभिन्न अंग रहेको छ। 700 बेडको सुविधा सहित TUTH नेपालको प्रसिद्ध सरकारी अस्पताल हो। अस्पतालले चिकित्सा अनुसन्धान परियोजनाहरू सञ्चालन गर्दछ र नेपालमा जैव-चिकित्सा र स्वास्थ्य विज्ञान अनुसन्धान (BHSR) लाई ठूलो प्रेरणा प्रदान गर्दछ। TUTH मा 22 वटा विभागहरू छन् र यसले आधारभूत चिकित्सा र शल्यक्रियासम्बन्धी समस्याहरू देखि लिएर ओपन हार्ट शल्यक्रिया र मृगौला प्रत्यारोपण सम्मका सेवाहरू प्रदान गर्नुका साथै एउटा क्यान्सर वार्ड पनि सञ्चालन गर्दछ। त्रिभुवन विश्वविद्यालय चिकित्सा संस्थान (IOM) अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर (MVTC) को स्थापना 13 वैशाख 2066 मा भएको थियो। हृदय, छाती र संवहनी सम्बन्धी रोगको उपचारको क्षेत्रमा यसलाई एक उत्कृष्ट केन्द्रको रूपमा मानिएको छ। उच्चतम योग्यताप्राप्त, अनुभवी र समर्पित चिकित्सा पेशेवरहरूको टोलीको नेतृत्वमा, MCVTC लाई पूर्णतया समर्पित प्यारामेडिकल र गैर-चिकित्सा कर्मचारीहरूले उचित टेवा प्रदान गर्दछन्।