कोका-कोलाले FIFA विश्वकप 2022 को लागि "ड्रिंक, बिलिभ, विन" नामक अभियान सुरु गरेको छ

कोकका बोतलहरूमा FIFA विश्वकप 2022 को खास लेबलहरूका साथै FIFA का सामानहरू जित्ने मौका सहित उपभोक्ताहरूका लागि प्रवर्द्धन अभियान सुरु गर्दैछ।

08/11/2022

FIFA विश्वकप 2022 को प्रतीक्षाको क्रममा, कोका-कोला नेपालले FIFA विश्वकप 2022 को लागि खास लेबलहरू र उपभोक्ताहरूका लागि प्रवर्द्धन अभियान "ड्रिंक, बिलिभ, विन" को सुरुवात गरेर फ्यानहरूको यात्राको उत्सव मनाउँदैछ। यस अभियान अन्तर्गत, उपभोक्ताहरूले फुटबल, टी–सर्ट र ज्याकेट लगायतका FIFA का आधिकारिक सामानहरू जित्ने मौका पाउनेछन्।

अभियानमा सहभागी हुनका लागि, उपभोक्ताहरूले कोकका बोतलहरूमा भएको FIFA विश्वकपको नयाँ लेबलमा छापिएको QR कोड स्क्यान गरेर लेबलको पछाडिको अद्वितीय कोड पठाउनु पर्नेछ। वैकल्पिक रूपमा, उपभोक्ताहरूले टाइप कोड कोक<स्पेस>लेबल पछाडिको नम्बर<स्पेस>नाम लेखेर 34949 मा SMS पठाएर आवश्यक विवरण भर्न सक्छन् वा आवश्यक विवरणहरू भर्न www.coca-cola.com.np मा जान सक्छन्।

क्याम्पेन अफर 1 नोभेम्बर देखि 14 डिसेम्बर 2022 सम्म मान्य रहने छ। यो अफर बिनाका स्टकहरू पनि उपलब्ध छन् र शर्त तथा नियमहरूबारे विवरणहरू वेबसाइट www.coca-cola.com.np बाट प्राप्त गर्न सकिन्छ। उपहार दाबी गर्न, विजेताहरूले लेबललाई सुरक्षित राख्न आवश्यक छ। यो अफर 250 ml, 500 ml, 1 L, 1.5 L र 2.25 L कोक र कोका-कोला Zero Sugar को खरिदमा लागु हुनेछ।

कोका-कोला नेपालका बारेमा

कोका-कोला नेपालले कोका-कोला, स्प्राइट, फ्यान्टा, चार्ज्ड तथा किनले को आफ्नो खास उत्पादनहरू मार्फत देश भरिका उपभोक्ताहरूलाई ताजगी प्रदान गर्छ, तथा एक प्रणालीका रूपमा हजारौंमा प्रभाव पार्छ। कम्पनीले जल संरक्षण, पानीको परिपूर्तिको नवीन एकीकृत जल व्यवस्थापन समाधानका लागि साथै समुदायहरूको जीविकामा सुधार ल्याउन WWF Nepal, WaterAid Nepal तथा Smartpaani सँग मिलेर काम गर्छ जसले कोका-कोलालाई एउटा जल साकारात्मक कम्पनी बनाएको छ। ‘World Without Waste’ तर्फ कोका-कोला कम्पनीको प्रतिबद्धताको हिस्सा स्वरूप, कोका-कोला विगतको 3 वर्ष देखि नेपाली सेनाको नेतृत्वमा चल्दै गरेको नेपाल माउन्टेन क्लिन-अप अभियानसँग मिलेर काम गर्दैछ जहाँ हाल सम्म हिमालयबाट 71,000 केजी भन्दा धेरै फोहर सङ्कलन गरिएको छ। सक्षम कार्यक्रम मार्फत, कोका-कोला नेपालले 1000 महिला खुद्रा व्यापारीहरूलाई पनि वित्तिय साक्षरता, आतिथ्य, तथा सरसफाइ व्यवस्थापन, तथा डिजिटल वालेटको प्रयोगबारे तालीमहरू प्रदान गरेर सशक्त बनाउँदैछ। कोका-कोला नेपाल सम्पूर्ण देश भरिका समुदायहरूको जीवनमा साकारात्मक फरक ल्याउन निरन्तर रूपमा स्थानीय तवरमा सान्दर्भिक पहलहरूमा संलग्न हुने गर्दछ।