कोका-कोलाले दशैंको लागि "सम्बन्ध उत्सव स्वादसँग" नामक अभियानको घोषणा गरेको छ

15/09/2022

काठमाडौं, सेप्टेम्बर 15 2022 - नेपालमा सबैभन्दा मन पराइने पेयपदार्थ, कोका-कोलाले "सम्बन्ध उत्सव स्वादसँग" नामले आफ्नो नयाँ दशैं अभियानबारे घोषणा गरेको छ, जसले दशैं भनेको परिवारहरू एक साथ भएर रमाइलो गर्ने, खाना बाँडेर खाने र पारिवारिक घनिष्टतालाई अझ गहिरो बनाउने समय हो भन्ने कुरामा जोड दिन्छ। आखिर, दशैंको आनन्द भनेको आफ्नो जीवनको मनमोहक क्षणहरू र भावनाहरूमा आफ्ना प्रियजनहरूका साथमा रमाउनु हो।

दशैं धेरै वर्षदेखि कोका-कोलाको मार्केटिङ र उपभोक्ता अभियानहरूको केन्द्रबिन्दुमा रहँदै आएको छ तथा कोका-कोलाले प्रत्येक वर्ष दशैंको अवसरमा उपभोक्ताहरूले मन पराउने कुनै अद्वितीय र हृदयस्पर्शी विषयवस्तु लिएर आउने गर्दछ।

यसलाई अझ विशेष बनाउने उद्देश्यले, कोका-कोलाले नेपालमा दशैंलाई प्रतिनिधित्व गर्ने कलाकृतिहरूको चित्रण गर्ने 5 वटा नयाँ लेबलहरू ल्याएको छ। यी कलाकृतिहरूमा चङ्गा उडाउने, टिका लगाउने, परिवारसँग बसेर खाना खाने, पिङ (दशैंको झुला) खेल्ने र देउसी भैलो खेल्ने जस्ता गतिविधिहरू दर्शाइएका छन्।

यस अभियानको बारेमा बोल्दै, कोका-कोला नेपालका आवासीय निर्देशक, श्री आदर्श अवस्थी भन्नुहुन्छ, "म यस वर्षको विषयवस्तु "सम्बन्ध उत्सव स्वादसँग" लाई लिएर धेरै उत्साहित छु किनकि यसले दशैं भनेको के हो भन्ने कुरालाई पूर्ण रूपमा प्रतिबिम्बित गरेको छ - यो सम्बन्धको उत्सव हो, सँगै बसेर दशैंको लागि बनाइएको स्वादिलो खाना खाने र परस्पर बन्धनमा बाँधिने चाड हो। दशैंको खास कोक बोतलहरूका साथमा, हामी हाम्रा उपभोक्ताहरूलाई घनिष्टताका धेरै मनमोहक पलहरूको कामना गर्छौं र सबैजनाका लागि चाड यादगार रहोस् भन्ने प्रार्थना गर्न चाहन्छौं।"

लेबलहरूका साथै, कोका-कोलाले ब्रान्ड एम्बासेडर स्वस्तिमा खड्काको भूमिका रहेको नयाँ टेलिभिजन विज्ञापन पनि निकालेको छ। टेलिभिजन विज्ञापनमा, स्वस्तिमाले आफ्नी दिवंगत हजुरआमाको रेसिपी बुक भेटाउँछिन्, र चाडको लागि आफ्नो खाना बनाउन सुरु गर्छिन्। भिडियोमा, हामी उनकी हजुरआमाले दशैंको लागि रेसिपी पढ्दै गरेको र मानिसहरू कसरी दशैंको मुख्य हिस्सा हुन् भनेर भनेको र मानिसहरू एकसाथ भएपछि नै वास्तविक जादू हुन्छ भनेको कथा सुन्छौं। टिभी विज्ञापनमा लोकप्रिय गायिका स्वुपना सुमनले गाएको ‘सम्बन्ध उत्सव’ भन्ने गीत पनि सुनिन्छ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक, श्री प्रदीप पाण्डे भन्नुहुन्छ, "दशैं नेपालको सबैभन्दा ठूलो चाड हो र कोक पनि त्यस्तै हो। प्रत्येक वर्ष हामी यसै घडीको प्रतीक्षा गर्छौं र हामीले आफ्ना उपभोक्ताहरूका लागि बनाएको ह्रदयस्पर्शी अभियान साझा गर्छौं। हाम्रो आशा छ "सम्बन्ध उत्सव स्वादसँग" भन्ने ट्यागलाईन हाम्रा उपभोक्ताहरू अनुरूप हुनेछ र यो दशैं आफ्ना साथीहरू र परिवारसँग मनाउँदा यसलाई अझ विशेष र यादगार बनाउन उनीहरूलाई प्रेरित गर्नेछ।"

दशैंको ठूलो भाग नै खानेकुरा हुने भएकोले, कोका-कोलाले BBC मास्टर शेफ प्रोफेशनलका विजेता सन्तोष शाहसँग सहकार्य गरेको छ जसले चाडपर्वका लागि एकदम उपयुक्त हुने 5 प्रकारका रेसिपीहरू तयार गरेका छन्। उक्त रेसिपीहरू प्राप्त गर्न, उपभोक्ताहरूले कोकका बोतलहरूमा भएको लेबलको QR कोड स्क्यान गर्न सक्छन् वा कोका-कोला नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजहरूमा रेसिपीका भिडियोहरू हेर्न सक्छन्। उपभोक्ताहरूले आफ्नो सोशल मिडियामा उनीहरूको खानाको भिडियो अपलोड गर्दै कोकाकोला नेपाल र शेफ सन्तोष शाहलाई ट्याग गरेर पनि खाना बनाउने प्रतियोगितामा सहभागी हुन सक्छन्। तीनजना भाग्यशाली विजेताहरूले चर्चित शेफसँग भेट्ने र अभिवादन गर्ने मौका पाउनेछन्।