नयाँ जोशिलो पेय “चार्ज्ड” का साथमा चार्ज हुनुहोस्

13/02/2023

काठमाडौं, 13 फेब्रुअरी 2023- देशको प्रमुख पेय पदार्थ कम्पनीहरू मध्येको एक कोका-कोला नेपालले नेपालको नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ “चार्ज्ड” लाई आधिकारिक रूपमा बजारमा ल्याएको छ। मिडिया, इन्फ्लुएन्सर तथा कम्पनी प्रतिनिधिहरूको उपस्थितिमा लन्च इभेन्ट LOD (लर्ड अफ द ड्रिङ्क्स) मा सम्पन्न भएको छ। नयाँ पेय पदार्थको रेसिपीमा उपभोक्ताहरूलाई इलेक्ट्रिफाइङ फिज्जी ‘zing’ का साथमा बेरीहरूको एउटा अनुपम स्वाद प्रदान गरिन्छ। चार्ज्ड को लन्चबाट पेय पदार्थको अन्य वर्गहरूमा पनि ब्रान्डको प्रवेशलाई चिन्हित गर्छ, जहाँ ब्रान्डले एउटा नयाँ प्रकारको स्वाद – ‘Berry Bolt’ ल्याएको छ।

नयाँ पेय पदार्थ ल्याउनु भनेको आफ्ना उपभोक्ताहरूलाई उनीहरूको आवश्यकता र जीवनशैली अनुरूप उपयुक्त हुने सफ्ट ड्रिङ्कहरूका विभिन्न विकल्पहरू प्रदान गर्ने कोका-कोला नेपालको प्रतिबद्धता तर्फको एक कदम हो।

लन्च अभियानका बारेमा कुरा गर्दै, श्री आदर्श अवस्थी, कोका-कोला नेपालका आवासीय निर्देशक भन्नुहुन्छ, “नेपालका युवाहरू आफ्नो लागि सपनाहरू बोकेर अगाडि बढ्छन् भनेर हामीले बुझेका छौं त्यसै कारण नै आफ्नो जीवनको अभिभारा लिन र चाहेको प्राप्त गर्ने क्रममा अगाडि बड्न उनीहरूलाई प्रेरित गर्ने उद्देश्यले हामी चार्ज्ड लन्च गर्न पाउँदा अति उत्साहित बनेका छौं। यसमा Berry Bolt को स्वाद छ जसले निश्चय पनि तपाईंको टेस्ट बडलाई उत्तेजित बनाउँछ र जीवनमा अनिश्चितताहरूको खयाल नगरि चुनौतीहरूलाई सोझै सामना गर्ने शक्ति प्रदान गर्छ।”

श्री दीपक सेन्ठिल नाथ, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशकले भन्नुभयो, “कोका-कोला नेपालले आफ्नो रणनीतिक विकासलाई द्रूत गतिमा वृद्धि गरेर उपभोक्ताहरूलाई नवीन तथा स्थानियकृत पेय पदार्थका विकल्पहरू प्रदान गर्दै एउटा सम्पूर्ण पेय पदार्थ कम्पनी बन्न गइरहेको छ। चार्ज्ड को लन्चले हाम्रो उत्पादनको विस्तारलाई मात्र जनाउँदैन तर नेपालका युवा बजार र उनीहरूको गो-गेटर जीवनशैली अनुसार सटीक विकल्पहरू प्रदान गर्ने हाम्रो प्रयासको पनि प्रदर्शन गर्छ।”

चार्ज्ड को लन्च अभियानलाई TV, सोशल, डिजिटल, OOH (आउट अफ होम) तथा कलेजहरूमा अन ग्राउन्ड एक्टिभेशनहरूको एकीकृत प्रयासहरू मार्फत पनि जीवन्त बनाइएको छ। अभियान अन्तर्गत टेलिभिजन विज्ञापनमा एउटा र्याप गीत लगायत BMX स्टन्ट र ग्रफिटिको झलकलाई पनि देखाइएको छ जसको उद्देश्य युवाहरूलाई कदम चाल्न र आफूले चाहेको हासिल गर्न प्रेरित गर्नु हो।

एनर्जाइज्ड पेय पदार्थ 250ml पुनःचक्रण योग्य PET बोतलमा नेपाल भरिका खुद्रा पसलहरूमा उपलब्ध भइरहेको छ।

टेलिभिजन विज्ञापनको लिङ्क: https://www.youtube.com/watch?v=gbqp6vm9uvU

कोका-कोला नेपालका बारेमा

कोका-कोला नेपालले कोका-कोला, स्प्राइट, फ्यान्टा, चार्ज्ड तथा किनले को आफ्नो खास उत्पादनहरू मार्फत देश भरिका उपभोक्ताहरूलाई ताजगी प्रदान गर्छ, तथा एक प्रणालीका रूपमा हजारौंमा प्रभाव पार्छ। कम्पनीले जल संरक्षण, पानीको परिपूर्तिको नवीन एकीकृत जल व्यवस्थापन समाधानका लागि साथै समुदायहरूको जीविकामा सुधार ल्याउन WWF Nepal, WaterAid Nepal तथा Smartpaani सँग मिलेर काम गर्छ जसले कोका-कोलालाई एउटा जल साकारात्मक कम्पनी बनाएको छ। ‘World Without Waste’ तर्फ कोका-कोला कम्पनीको प्रतिबद्धताको हिस्सा स्वरूप, कोका-कोला विगतको 3 वर्ष देखि नेपाली सेनाको नेतृत्वमा चल्दै गरेको नेपाल माउन्टेन क्लिन-अप अभियानसँग मिलेर काम गर्दैछ जहाँ हाल सम्म हिमालयबाट 71,000 केजी भन्दा धेरै फोहर सङ्कलन गरिएको छ। सक्षम कार्यक्रम मार्फत, कोका-कोला नेपालले 1000 महिला खुद्रा व्यापारीहरूलाई पनि वित्तिय साक्षरता, आतिथ्य, तथा सरसफाइ व्यवस्थापन, तथा डिजिटल वालेटको प्रयोगबारे तालीमहरू प्रदान गरेर सशक्त बनाउँदैछ। कोका-कोला नेपाल सम्पूर्ण देश भरिका समुदायहरूको जीवनमा साकारात्मक फरक ल्याउन निरन्तर रूपमा स्थानीय तवरमा सान्दर्भिक पहलहरूमा संलग्न हुने गर्दछ।