ग्रीष्मा सिंह

उपाध्यक्ष - ग्राहक एवं व्यावसायिक नेतृत्व, कोका-कोला भारत तथा दक्षिण पश्चिम एसिया

ग्रीष्मा सिंह भारत तथा दक्षिण पश्चिम एसियाको लागि ग्राहक एवं व्यावसायिक नेतृत्व - उपाध्यक्ष हुनुहुन्छ। उहाँको वर्तमान भूमिकामा, ग्रीष्माले राजस्व वृद्धि व्यवस्थापन (RGM), भ्याल्यू टु मार्केट (VTM), ग्राहक मूल्य सिर्जना (CVC) लाई समेटेको एक उत्साही टोली तथा सञ्चालन इकाईको शीर्ष 50 ग्राहकहरूका साथै भारतको राजस्वको 10% का लागि ‍जिम्मेवार रहेको नवगठित ग्राहक व्यवस्थापन समूहको पनि नेतृत्व गर्नुहुन्छ।

ग्रीष्मा भारत र अष्ट्रेलियामा गरेर 11 वर्ष भन्दा बढीको अवधिदेखि कोका-कोला प्रणालीसँग जोडिनु भएको छ। सबभन्दा पछिल्लो कार्यभार सम्हाल्नु अघि, उहाँले अन्तर्दृष्टि, मार्केटिङ र रणनीतिको क्षेत्रमा विभिन्न भूमिकाहरू निभाउनु भएको छ। उहाँको पछिल्लो भूमिकामा उहाँले दक्षिण प्रशान्त व्यावसायिक इकाइको लागि रणनीति तथा अन्तरदृष्टिको नेतृत्व गर्नुभयो साथै अष्ट्रेलियामा प्रणालीको लागि दीर्घकालीन वृद्धिको रणनीतिको नेतृत्व गर्नुभयो।

कोका-कोलामा आउनु भन्दा अघि, ग्रीष्माले एउटा सानो व्यवसायको मालिकको रूपमा आफ्नो कार्य जीवनको सुरुवात गर्नुभयो – र आफ्नो परिवारसँग मिलेर भारतमा एक सफल फ्रान्चाइजी रेस्टुरेंट व्यवसाय स्थापना गर्नुभयो। यो अनुभवले उहाँलाई, परिवार जस्तो महसुस हुने र उद्यमशील उत्तरदायित्वको बलियो आधार भएको उत्कृष्ट कार्य सम्पादन टोलीहरूसँग काम गर्ने जोश जगाएको छ।

ग्रीष्माको जन्म भारतमा भएको र उहाँ नेपाल, अमेरिका र अष्ट्रेलियामा बस्नुभएको छ। उहाँले कोलोराडो कलेजबाट अंग्रेजी साहित्यमा स्नातकको उपाधि र इन्डियन स्कूल अफ बिजनेस, हैदराबादबाट MBA गर्नुभएको छ।

काम देखि बाहेक - ग्रीष्मा दुई तेजस्वी छोराहरू - आयान र अविको गर्वान्वित आमा हुनुहुन्छ। फुर्सदको समयमा, उहाँ खाना खान र पकाउन साथै आफ्नो श्रीमान र विस्तारित परिवारसँग खाना खाने र पकाउने विषयमा कुराकानी गर्न रमाईलो मान्नुहुन्छ!