एनरिक एकरम्यान

उपाध्यक्ष – प्राविधिक नवीनता र आपूर्ति श्रृंखला, कोका-कोला भारत तथा दक्षिण पश्चिम एशिया

उहाँको वर्तमान भूमिका अन्तर्गत, एनरिकले एउटा टोलीको नेतृत्व गर्नुहुन्छ जसले कम्पनीको मनपर्ने ब्रान्डहरूको प्रतिज्ञा पूरा गर्छ, जसलाई राम्रो तथा साझा भविष्यको लागि दिगो ढङ्गमा गरिन्छ, साथै यसले भारत, श्रीलंका, बंगलादेश, नेपाल, भुटान र मालदिभ्सको व्यापार प्राथमिकताहरूलाई प्रभाव पार्छ, आकार दिन्छ, एक साथ मिलाउँछ र प्राविधिक, आपूर्ति श्रृंखला, नवीनता, शासन (गुणस्तर, सुरक्षा, पर्यावरण) र विश्वव्यापी दिगोपनका प्राथमिकताहरूसँग जोड्दछ।

एनरिकले ल्याटिन अमेरिका, APAC, र मध्य पूर्व लगायत विभिन्न भौगोलिक क्षेत्रहरूमा वित्त, सामान्य व्यवस्थापन, लजिस्टिक्स, आपूर्ति श्रृंखला, उत्पादन र गुणस्तर आश्वासनको क्षेत्रमा 30 वर्ष भन्दा धेरैको कार्य अनुभव प्राप्त गर्नुभएको छ।

उहाँ कोका-कोला प्रणालीमा 14 वर्ष पूर्व सामेल हुनुभएको थियो र उहाँले सम्पूर्ण मध्य अमेरिका, क्यारिबियन र दक्षिण अमेरिकामा लजिस्टिक्स, आपूर्ति श्रृंखला, उत्पादन र शासनसँग सम्बन्धित विभिन्न भूमिकाहरूमा सेवा प्रदान गर्नुभएको छ। एनरिकले यस भन्दा पहिला ब्राइटस्टारकोर इन्टरनेशनल, म्याकडोनाल्ड बोलिभिया र जनरल मोटर्स बोलिभिया जस्ता कम्पनीहरूमा काम गर्नुभएको थियो। नयाँ कार्यहरू सुरु गर्न र सोको दीर्घकालीन आपूर्ति श्रृंखला दिगोपनको सुनिश्चित गर्नमा उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो।

संस्थाहरू मानिसहरू कै वरिपरि बनिएको हुनाले, उहाँ पारदर्शी सञ्चार र पारस्परिक भरोसाको शक्तिलाई टोलीहरू, संस्थाहरू साथै ग्राहकहरू र उपभोक्ताहरू माझ - कुनै पनि सफल सम्बन्धको आधार हो भनेर विश्वास गर्नुहुन्छ।

एनरिकको जन्म अस्टिन, टेक्सास, संयुक्त राज्य अमेरिकामा भएको थियो र बोलिभियाको एक स्पेनी भाषी परिवारमा हुर्कनुभयो। उहाँले टेक्सास विश्वविद्यालय अस्टिनबाट अर्थशास्त्रमा स्नातक र हार्वर्ड इन्स्टिच्युट अफ इन्टरनेशनल डेभलपमेन्टबाट सप्लाई चेन अनर्स सहित MBA गर्नुभएको छ, साथै त्यसपछिका वर्षहरूमा विभिन्न आपूर्ति श्रृंखला र नेतृत्व कार्यक्रमहरूबाट विभिन्न प्रमाणपत्रहरू र डिप्लोमाहरू प्राप्त गर्नुभएको छ।

एनरिक विवाहित हुनुहुन्छ, र उहाँ र उहाँको श्रीमती भएर 3 जना बच्चाहरू हुर्काउनुभयो जो हाल वयस्क भइसकेका छन्।