अर्नब रोय

उपाध्यक्ष मार्केटिङ, कोका-कोला भारत तथा दक्षिण पश्चिम एसिया

एक एकीकृत व्यावसायिक मानसिकताका साथमा ब्रान्ड निर्माणको अनुभव सहित अर्नब 20 वर्ष भन्दा धेरै समय देखि द कोका-कोला कम्पनीमा काम गर्दै हुनुहुन्छ। उहाँले विश्वव्यापी र क्षेत्रीय भूमिकाहरू अन्तर्गत विविध भौगोलिक एवं सांस्कृतिक परिवेशहरूमा टोलीहरू तयार गरेर मार्केटिङ कमर्चारीहरूको नेतृत्व गर्नुभएको छ। उहाँको वर्तमान भूमिकामा, अर्नबले भारत तथा दक्षिण पश्चिम एसिया ओपरेटिङ युनिट (9 वटा विश्वव्यापी ओपरेटिङ युनिट मध्ये एक) का लागि भर्खरै संरचित मार्केटिङ प्रकार्यको नेतृत्व गर्नुहुँदैछ। उहाँले पाँच वटा वर्गमा टोलीको नेतृत्व गर्नुहुन्छ - मानव अन्तर्दृष्टि, एकीकृत मार्केटिङ अनभुवहरू, डिजिटल मार्केटिङ, क्षेत्रीय मार्केटिङ, तथा मार्केटिङ ओपरेशनहरू।

कोका-कोला™ को विश्वव्यापी ब्रान्ड प्रमुखका रूपमा, अर्नबले कोका-कोला™ को दीर्घकालीन विकासका रणनीतिहरूमा काम गर्नुभयो साथै ल्याटिन अमेरिका, युरोप र अष्ट्रेलियामा कोका-कोला Zero/No Sugar का लागि द्रुत वृद्धि योजनाको विकासको नेतृत्व गर्नुभयो। ASEAN BU मा स्पार्कलिंग बेभरेजको वरिष्ठ निर्देशकको रूपमा, अर्नबले फिलिपिन्स, थाइल्याण्ड र इन्डोनेसिया लगायत 12 भन्दा बढी देशहरूमा $3BN को स्पार्कलिंग बेभरेज व्यवसायको नेतृत्व गर्नुभयो।

अर्नबले ब्राजिलमा 2014 FIFA विश्व कपको लागि, कम्पनीले 185 भन्दा बढी देशहरूमा सक्रिय गरेको सबैभन्दा ठूलो एकीकृत कार्यक्रमहरू मध्येको एक, ग्लोबल मार्केटिङ कार्यक्रमको नेतृत्व गर्नुभयो। भारतमा सन् 2001 देखि 2011 सम्म 10 वर्षको अवधिमा, अर्नबले मार्केटिङ, सेल्स र इनोभेसनको क्षेत्रमा धेरै कार्यहरू गर्नुभयो। अन्य परियोजनाहरूको साथै उहाँको नेतृत्वमा रहेको केही प्रमुख परियोजनाहरूमा भारतमा Minute Maid Juices को सुरुवात, Maaza लाई PET मा सुरु सँगै ब्रान्डको विस्तार, भारतको पहिलो रियालिटी टिभी शो Coke V Popstars को सक्रियताका लागि प्रमुख नेतृत्व समावेश छन्।

अर्नब खेलको शक्तिप्रति आकर्षित हुनुहुन्छ र व्यक्तिगत रूपमा भारतमा खेलकुद मार्फत विभिन्न विकास कार्यक्रमहरूमा आफ्नै क्षमतामा पनि संलग्न रहनुभएको छ। सन् 2017 मा U17 FIFA WC लाई भारत ल्याउन FIFA तथा अखिल-भारतीय फुटबल महासंघसँग काम गर्नुभयो।

अर्नबले इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट, अहमदाबादबाट 2001 मा MBA पूरा गरेर कोका-कोला कम्पनीमा व्यवस्थापन प्रशिक्षार्थीको रूपमा सामेल हुनुभयो। अर्नबले सन् 2017 मा हार्वर्ड बिजनेस स्कूलबाट एक्जिक्युटिभ MBA पनि पूरा गर्नुभयो।